नेकपाका नेता कार्यकर्ताका लागि “लकडाउन खुल्ला” (प्रमाणसहित)


  • अर्थ पूर्ण
  • बिहिबार, बैशाख ११, २०७७

काठमाडौं । विश्वव्यापी महामारी कोरोनाविरुद्धको लडाई जारी छ । रोगले धनी, गरिब, सानो ठूलो, महिला पुरुष , जातपात केही भन्दैन । तर नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले कम्युनिष्ट नेता कार्यकर्ताहरुलाई कोरोना नै नलाग्ने झैं लकडाउनमा पनि विशेष छुट दिएको छ ।

कहिले कम्युनिष्ट सरकारका मन्त्रीहरु दर्जनौ गाडीमा कार्यकर्ता कोचेर जिल्ला पठाउँछन् तर कहिले नेकपा सांसद र आशीर्वाद प्राप्त पूर्व प्रहरी महानिरीक्षक गलत मनाशयका कारण मनमौजी शयरमा निस्कन्छ ।

तस्विरमा देखिएका पात्रहरु नेकपा सांसद महेश बस्नेत, नेकपा सांसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हुन् । उनीहरुमाथि समाजवादी पार्टी (नवगठित जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई ‘किडन्यापिंग’ गरेको आरोप लागेको छ ।

सर्वसाधारण जनता घरमा बन्दी झै बनाइएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले परिवारका सदस्यको निधनका कारण मलामी जाने बाहेकलाई पास नदिने बताएको छ । तर सत्ता र शक्तिको आडमा यिनीहरु रातारात महोत्तरी पुगेर सांसदको अपहरण गर्न भ्याउछन् । उनीहरुका लागि बाटोमा रेष्टुरेण्ट खुल्छन् । कम्युनिष्ट नेताका लागि फिस चिकेन सबै उपलब्ध छ तर सर्वसाधारण नागरिक औषधी किन्न निस्कदा भाटा खानुपर्छ । यस्तो परिस्थितिको अहिले सामाजिक सञ्जालमा तीव्र विरोध भईरहेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology