फेरी भागबण्डाकै राजनीति सुरु, देउवालाई ओलीको अफर !


  • अर्थ पूर्ण
  • शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । अध्यादेश राजनीतिका कारण तात्तिएको नेपाली राजनीति फेरी सेलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट विवादित २ अध्यादेश फिर्ता लिने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री ओली कमजोर भएको र निर्णय फिर्ता लिन बाध्य भएको चर्चा चलिरहदा भने उनले नयाँ चाल चलेका छन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता भएसंगै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासंग परामर्श गरेका छन् । ओली र देउवाबीच छुट्टाछुट्टै छलफल भएपछि मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बैठकमा छिरेका थिए । सो बैठकमा प्रधानमन्त्री ओलीले गलत मनाशयका कारण अध्यादेश नल्याएको भएपनि जनमतको कदर गर्दै आफूले फिर्ता लिएको बताए । साथै उनले संवैधानिक परिषदको बैठकमा सहभागि हुन र संवैधानिक नियुक्तिहरुलाई सहज बनाउन कांग्रेस सभापति देउवासंग प्रस्ताव गरेका छन् ।

संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ । यसअघि पनि न्यायाधीश नियुक्ति, अख्तियार र निर्वाचन आयोगको नियुक्तिमा देउवाले भाग लिएका थिए । यसपटक पनि ओलीले अख्तियार र अन्य संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्न देउवाको सहयोग खोजेका छन् । जसका लागि देउवालाई ओलीले भाग छुट्याइसकेका छन् ।

प्रारम्भमा प्रतिपक्षीलाई भूमिका नदिन अध्यादेश ल्याएपनि अध्यादेश फिर्ता लिनुपरेपछि भागबण्डाको रणनीतिमा ओली लागेका छन् । संवैधानिक नियुक्तिमा भागबण्डा गरेर कांग्रेसलाई थामथुम पार्ने प्रधानमन्त्री ओलीको रणनीति छ । ओली र देउवाबीचको गोप्य बैठकमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका थिए । पछि दाहालसहितको छलफलमा पनि प्रधानमन्त्री ओलीले सरकारले आफ्नो नियमित काम जारी राख्ने र संवैधानिक नियुक्तिमा ढिलाई गर्न नहुने बताएका थिए ।

 

 

दाहालले पनि राजनीतिमा उतारचढाव स्वभाविक भएको भन्दै संवैधानिक नियुक्तिहरु सबै प्रतिपक्षी दल समेतको सहयोगमा सम्पन्न भए राम्रो हुने बताएका थिए ।

 

सोही छलफलका दौरान कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । जनमतको कदर गर्न र आगामि दिनमा अनावश्यक निर्णय नगर्न देउवाले ओलीलाई सुझाव दिएका हुन् । देउवाले सांसद अपहरणको आरोप लागेकाहरुलाई संरक्षण नगर्न पनि ओलीलाई सचेत गराएका थिए । देउवाले संवैधानिक नियुक्तिहरुका बारेमा  लकडाउनपछि छलफल गर्नु उपयुक्त हुने बताएको स्रोतको दावी छ ।

चर्चित प्रसंग :

नेकपाका नेता कार्यकर्ताका लागि “लकडाउन खुल्ला” (प्रमाणसहित)

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology