कुनैबेला नेविसंघका नेता, अहिले ओलीका “अभियन्ता”


  • अर्थ पूर्ण
  • शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने योजनामा रहेका नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल कुनै बेला नेपाली कांग्रेसको कट्टर कार्यकर्ता थिए । तर जता काफल पाक्यो उतै चरी नाच्यो भनेझैं सत्ता जसको आयो उसैको बन्ने प्रवृत्तिले सर्वेन्द्र कहिले फोरम लोकतान्त्रिक त कहिले माओवादीको नजिक भए । अहिले नेकपाभित्र पनि प्रधानमन्त्रीको ओलीको निकट गुटमा रहेर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा रहेका छन् ।

प्रहरी सेवामा प्रवेश गरेदेखि नै शक्तिको निकट रहने र स्वार्थ लिने कुरामा सर्वेन्द्र माहिर रहेको उनका समकक्षीहरु बताउँछन् । शक्तिकेन्द्रसंग छिट्टै मिल्नसक्ने र सम्झौता गर्नसक्ने स्वभावकै कारण सर्वेन्द्र सफल भएको एक पूर्व प्रहरी अधिकारीले बताए । आइजीपी बन्नका लागि आफ्ना प्रतिस्पर्धीको सार्वजनिक छवि बिगार्न सर्वेन्द्रले राम्रै मेहेनत गरेको र सफलता पनि पाएको ती अधिकारीको भनाई छ । त्यसबाहेक दिनेश अधिकारी चरी र कुमार घैटेको इन्काउण्टर सर्वेन्द्रले राजनीतिक स्वार्थ पूरा गराइदिन प्रहरीमा बसेर गरेको कर्तुत भएको ती अधिकारीको दावी छ ।

सत्ताको नजिक सम्बन्ध राख्ने सर्वेन्दले कांग्रेस सत्तामा होउन्जेल कांग्रेसी हुँ भनेर लाभ लिए । एक कांग्रेस नेताका अनुसार कांग्रेसका शीर्ष नेताहरुसम्मलाई सर्वेन्द्रले प्रभावित पारेका थिए । अमृत साइन्स कलेज पढ्दा नेपाल विद्यार्थी संघका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव लडेका थिए । सर्वेन्द्र खनालले कतिपय कांग्रेस नेतासंगको भेटमा आफ्नो सो इतिहास सगर्व सुनाउने गरेका थिए । समयक्रममा सर्वेन्द्र नेपाल कम्युनिष्ट पार्टीको स्वार्थका लागि काम गर्ने कारिन्दाजस्ता भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वार्थमा समाजवादी पार्टी विभाज गर्न पूर्वप्रहरी महानिरीक्षक खनाल खुलेर सक्रिय मात्रै भएनन् सांसदलाई अपहरण* गरेको आरोपसमेत उनलाई लागेको छ ।

यो पनि पढ्नुहोस्…

नेकपाका नेता कार्यकर्ताका लागि “लकडाउन खुल्ला” (प्रमाणसहित)

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology