ज्ञानेन्द्र शाही र भीम उपाध्यायलाई थुनेरै तह लगाउने सरकारी नीति


  • अर्थ पूर्ण
  • आइतवार, बैशाख १४, २०७७

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारका गलत काम र प्रवृत्तिका विरुद्ध चोटिलो प्रहार गर्दै आएका अभियन्ताहरु ज्ञानेन्द्र शाही र भीम उपाध्यायलाई जेलमै सडाउने ‘षड्यन्त्र’ मा सरकार लागेको छ । अहिले दुवैजना प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

 

पूर्व सचिव उपाध्यायविरुद्ध सरकारले ५ वर्ष कैद सजायको माग गर्दै मुद्धा दायर गरेको छ । फेसबुकमा स्टाटस लेखेकै भरमा उनीविरुद्ध मुद्धा चलाइएको हो । उपाध्यायले सरकारका भ्रष्ट प्रवृत्तिविरुद्ध चोटिलो प्रहार गर्दै आएका थिए । उनले नै सुकुम्बासी आयोग गठनका कारण ४ वर्षमा पदाधिकारीको तलबभत्तामा मात्रै झण्डै सवा १ अर्ब रुपैयाँ फजुल खर्च हुने तथ्य सार्वजनिक गरेका थिए । उपाध्यायको पक्राउको सर्वत्र विरोध भइरहेपनि सरकार भने यस प्रकरणमार्फत अन्य आलोचकहरुको मुख थुन्ने प्रयासमा छ ।

उता अर्का सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पनि प्रहरीकै खोरमा रहेका छन् । उनीविरुद्ध संक्रामक ऐन विरुद्धको कसुरमा मुद्धा चलाउने सरकारको तयारी छ । सरकाले यसअघि पनि उनलाई बारम्बार पक्रेर दुःख दिदैं आएको थियो । विपन्न परिवारलाई खाद्यान्नसहितका राहत सामाग्री वितरण गर्ने क्रममा सरकारले शाहीलाई पक्राउ गरेको थियो । उनको पक्राउको विरोधमा सयौं नागरिकहरुले आवाज उठाउदै आएका छन् । केहीले सिडियो कार्यालय समेत घेरेका थिए । ज्ञानेन्द्र शाही भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचित छन् । उनले सरकारका कामगराईमा भएका कमजोरी औल्याउने र विशेष गरी भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै आएका छन् ।

 

सरकारले भीम उपाध्याय र ज्ञानेन्द्र शाहीलाई मात्रै होइन, आफ्ना सबै विरोधीलाई तह लगाउन खोजेको बुझिन्छ । आफ्नै कामका कारण आलोचनाको पात्र बनेका प्रधानमन्त्री केपी ओली र उनको सचिवालय नै विरोधी तह लगाउने अभियानमा सक्रिय छन् । केही समयअघि ओलीको सचिवालयकै एक सल्लाहकारको निर्देशमा एक समाचार पोर्टलको सामाग्री अनधिकृत रुपमा हटाइएको थियो । सो सामाग्रीमा स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारबारे खोजमूलक समाचार संप्रेषण गरिएको थियो ।

सरकारले आफ्ना आलोचकहरुको मुख थुन्न यसअघि नै कडा र आपत्तिजनक प्रावधानसहितका कानूनहरु पारित गरीसकेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology