ओली हटाउन नयाँ खेल, भीम रावलले पाए जिम्मा !


  • अर्थ पूर्ण
  • बिहिबार, बैशाख २५, २०७७

काठमाडौं । आन्तरिक किचलोका कारण कोरोना नै बिर्सिएको नेपाल कम्युनिष्ट पार्टीभित्र तीव्र चलखेल बढी रहेको छ । सचिवालयको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेपछि नेकपाको विवाद साम्य भएको भन्ठानिएको थियो । तर स्थायी कमिटिको एजेण्डा तय गर्न बसेको सचिवालयको बैठकमा फेरी बबण्डर मच्चिएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सञ्चो भएन भन्दै बैठक छोडेर हिडेका थिए ।

ओलीइत्तर समूहले प्रधानमन्त्रीको यस्तो निर्णयलाई जिम्मेवारीबाट भागेएको संज्ञा दिएका छन् । ओली स्वयंले आफ्नो विरोध गर्ने र राजीनामा माग्नेहरुका लागि स्थायी कमिटि बैठक नबोलाउने संकेत गरिसकेका छन् । यस्तोमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले डटेर प्रतिवाद गने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेपछि मख्ख परेका उपाध्यक्ष वामदेव गौतमपनि पछिल्लो समय ओलीले धोका दिनसक्ने खतरा बढेपछि ओलीइत्तर समूहमै लाग्ने तयारीमा छन् ।

 

यहीबीचमा टरेको भनिएको प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कुर्सी संकट थप गहिरिएको छ । स्थायी कमिटिका अधिकांश सदस्यहरु अब ओलीले दुवै पद छाड्नुपर्ने अडानमा रहेका छन् । विहीबार धुम्वाराहीको एक क्याफेमा ओली इत्तर समूहका स्थायी कमिटि सदस्यहरु भेला भएका थिए ।

भेला हुनेरु तिनै थिए जसले केही समयअघि २० जनाको हस्ताक्षर बुझाएर पछिल्लो राजनीतिक अवस्थाबारे स्थायी कमिटिमा छलफल हुनुपर्ने माग गर्दै आइरहेका छन् । हस्ताक्षर बुझाएका मध्ये देव गुरुंगबाहेकका सबै उपस्थित भेलाले स्थायी कमिटिको बैठकको अपरिहार्यता बढेको निष्कर्ष निष्कर्ष निकालेको छ । बैठकले स्थायी कमिटिका नेताहरु भीम रावल र जनार्दन शर्मालाई स्थायी कमिटी बोलाउनेबारे थप पहल र दवाव दिन रावल र शर्मालाई जिम्मा दिएको हो । रावल पूर्व एमाले र शर्मा पूर्व माओवादी खेमाका तर ओलीप्रति असन्तुष्ट नेताहरु हुन् ।

विहीबारकै बैठकमा स्थायी कमिटि सदस्य भीम रावलले प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए । आफूले तयार गरेको लिखित आरोपपत्र पेश गर्दै उनले प्रधानमन्त्री एवं अध्यक्ष ओलीमा तिनै आरोपका आधारमा कारवाही गर्नुपर्ने धारणा राखेका थिए । रावलको भनाईमा अधिकांशले समर्थन जनाएपनि केही नेताहरुले थप छलफल गर्नुपर्ने बताएका छन् । रावल पछिल्लो समय ओलीको सबैभन्दा कडा आलोचकका रुपमा चिनिने गरेका छन् ।

पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष पुष्पकमल दाहालबीच निकटता बढाउन र आन्तरिक कार्यगत एकताको वातावरण बनाउन रावलले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

विहीबारको भेलामा सहभागि नेता हरिबोला गजुरेलले पार्टीभित्र खराब प्रवृत्तिविरुद्ध लड्ने उपयुक्त मौका आएकोमा अधिकांश नेताहरु सहमत रहेको बताए । उनले सचिवालयले तोक्न नसकेको स्थायी कमिटिको एजेण्डा तय गरेको जानकारी दिए । पार्टी र सरकारको काम ,कोरोना संकट, पार्टी एकताको बाँकी काम र विदेशमा रहेका नेपालीहरुको उद्धारबारे स्थायी कमिटिमा छलफल हुनुपर्ने निष्कर्ष भेलाले निकालेको बताए ।

ओलीलाई हटाएरै छाड्ने खेल सफल पार्न भीम रावल नै सबैभन्दा बढी खटिएका छन् । उनले ओलीविरुद्ध ११ पेज लामो २७ बुँदे आरोपपत्र नै बनाएका छन् ।

यो पनि हेर्नुहोस् :

नेकपाले ओलीलाई नहटाए जनताले नेकपा हटाइदिन्छन्

 

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology