रहेनन् चर्चित गीतकार रत्न शमशेर थापा


  • अर्थ पूर्ण
  • बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं । चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन भएको छ ।
उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।

थापाका घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले लगयात नेपाली फिल्मका लागि समेत कैयौं उत्कृष्ट गीतहरु लेखेका छन् ।

विस १९३९ मा जन्मिएका गीतकार थापाका चक्लाभरिको घाम, ताराका काँचा रङ्ग (कवितासङ्ग्रह), ओभानो सिउँदो, रुझेका परेला (गीतसङ्ग्रह) लगायतका संग्रह प्रकाशित छन् ।

उनले देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ. एम.), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि पुरस्कार र सम्मान पाएका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology