“मनुवादी वर्णव्यवस्थाको जगमा निर्माण सत्ता र नयाँ पुस्ता”


  • पवन नेपाली ।
  • शनिबार, जेष्ठ १७, २०७७

पवन नेपाली ।

देश बदल्ने आन्दोलन गर्न देश भित्रका हरेक ईकाई माझ पुग्न जरुरी हुने गर्दछ। देशको महत्वपुर्ण ईकाई मध्य समाज एउटा हो। देश बदल्न धेरै थरि र धेरै पटक नेपाली जनताले बलिदानी पुर्ण आन्दोलन गरे तर पनि देशको एउटा खाले चरित्रमा बदलाब आएन, आउदै आएन र आउन जरुरी पनि ठानेन।त्यो बदलाव ल्याउन जरुरी रहेको हिन्दु धर्ममा रहेको जात व्यवस्था भित्रको गिनलाग्दो ठुलो खाडल छुवाछूत विभेद हो। यो खाड पुर्नका लागि समाज र समय बुझेर त्यो समाज बदल्ने आन्दोलन जरुरी हुन्छ। जुन आन्दोलन एउटा अभियान संग जोडिएको हुन्छ।

त्यसै गरि समाज बदल्न मान्छेले समाजलाई बुझ्ने एउटा तरिका हुन्छ। साथै यथास्थितिमा बांच्नका लागि पनि हरेक मान्छेको समाजलाई बुझ्ने आफ्नो दृष्टिकोण हुन्छ। त्यो दृष्टिकोण शासकिय दृष्टिकोणबाट प्रभावित र प्रेररित हुन्छ। शासकिय दृष्टिकोण त्यो वेलाको सत्तामा आसिन खास व्यक्तिबाट वनाईन्छ। राजनिति, धर्म, जात यि आदि यित्यादी सत्ताका रुपहरुलाई समुदाय-समुदाय बिच सम्बन्ध कसरी स्थापित गर्ने कस्तो सम्बन्ध राख्ने, कुन नैतिक, कुन अनैतिक, कुन कानुनी र कुन गैरकानुनी आदी अनुशासनका दायराहरु तयार गरिन्छ। यिनै अनुशासनका दायराका विविध आयामले व्यक्तिको सोच निर्धारण गरिरहेको हुन्छ।यिनै सत्ताले निर्धारण गरेको सिमा भित्र समाज चल्दछ। यसरी चलिरहेको समाजको गतिलाई प्रत्येक नयां पुस्ताले ति सिमाहरु भत्काउन संघर्ष गरिरहेको हुन्छ।

यहि संघर्षको माध्यमबाट नयां पुस्ताले सरल र वैज्ञानिक जिवन पद्दति जिउने नयां ज्ञानका ढोका खोल्दछन र खोल्न अति आबश्यक हुन्छ। तर कतिपय ढोकाहरु खोल्न अत्याबशेक हुदा हुदै खोल्न जरुरी ठान्दैनन्। नयां पुस्ताले त्यस्ता बन्द ढोकाहरु देखिरहेको हुन्छ जुन ढोकाले त्यो समाज र त्यस भित्र रहेका हरेक व्यक्तिको प्रगतिको बाटोहरु रोकि रहेको हुन्छ। त्यसैले नयां पुस्ताले ति आफ्ना समयका बन्द ढोका खोलेर बाटो खुल्ला बनाउनका लागि संघर्ष गर्न जरुरी छ। साथै आफ्नो समयका समस्याका ति ढोका बन्द गरेर राख्ने सत्ताका शासकिय कुटिल भाषाहरु पहिचान गर्नु अति आबश्यक छ। यिनै समस्याका बन्द ढोकाहरु मध्यको एउटा अत्यन्त ठुलो समस्या हिन्दु धार्मिक सत्ताको जातिय छुवाछूत हो, जुन फलामे जंजिरले बन्द गरिएको छ।

अहिलेको कोरोना महानारीले विश्वमानव जगतलाई सरकार र सत्ताले झै असमान व्यवहार गर्यो त? यदि गर्यो भने क्षन भरमै विश्व मानव जगत र हर नेपालीहरुलाई निरिह र अछुत बनाई दियो। एउटा संश्लेषित अभिव्यक्ति केरोनाको भाषाले बोल्यो र न धनी गरिब भन्यो, न जात भन्यो, न नजात भन्यो, न जनजात भन्यो, दलित भन्यो। यि आदिको भेदमा फरक गरेन अर्थात कोरोनाले सबैलाई समान व्यवहार गर्यो र चुनौतिको रुप भन्यो सक्छौ बांच्न? यहि कोरोना महामारीको त्रासदीका बिच विश्व मानव जगतलाई सडक वा खुल्ला ठांउमा हिड्न मनाही गर्यो र दिन र रात कोठा भित्र काट्न बाध्य मानिसको दृश्य देखाएर एउटा आदर्शवादी तर्क बनायो कोरोनाले एक झट्कामा सबैलाई समान बनायो। यो चुनौति संगै केहि धनी, गरिब, जात, कुजात सबै व्यक्तिले आफन्त गुमाउन बाध्य छन।

महलवाला घरबेटी र डेरावाल एउटै कोटामा दिन रात काट्दै छन। एकअर्का संग औपचारिक शब्दको आदान प्रदान समेत नगर्ने भेद र उंच-नीचको व्याकरणमा बाँचेका कैयौं मानिसलाई कोरोना महामारीको प्रकृतिले सबै समान भनेर सोच्न बाध्य बनाएको छ। तथापी आधारभुत रुपमा जो जुन हैसियतमा छ, त्यो कायमै छ। कोरोनाले मानिस मानिस वीचको विभेद मेटेको छ, र आदर्शवादीहरुले तर्क गरेझै समानताको कुनै सेतु तयार गरिदिएको छ। कोरोनाको त्रासदी फाट्ने अहिले कुनै परिदृश्य दुर क्षितिज सम्म पनि देखिदैन।

जसको धन, पहुँच र हैसियत यो राज्यव्यवस्थाले बलियो बनाईदिएको छ। त्यो आफ्नो हैसियतको पिलरमा रेट्रोफिट गराईरह्के छ। अनि जसले विभेदकारी ईतिहास पिठ्युँमा बेकिरह्को छ, उ वा त एउटा कोठामा दिन रातको कष्टकर जीवनगुजारीरह्को छ र बाँच्ने जिजीविषा सँगाल्ने झिनो प्रयत्न गरिरहेको छ। सबै बाल-बालिका, युवा, प्रौढ अन्योल ग्रस्त जीवन बाँचिरहेका छन। नि संन्देह यो कोरोनाको बिषय होईन, हामी बाँचीरहेको समाजको विषय हो। यो विश्व महामारीका त्रासदीका बिचमा अहिले पनि नेपाली र हिन्दु हुनुको घिन लाग्दो परिचय दिदै पोखरामा किरिया पुत्री बस्नका बनाईएको भवन छुन दियिदैन र कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा सांसद वाटै धन्यवादको हुकार गरिन्छ। गुल्मीमा छुवाछूत गर्दै कुटपिट सहित नगद तिराईन्छ, र तेहि रकमलाई मापदण्ड वनाएर सत्ताले कोरोना परिक्षण सुल्क निर्धारण गर्छ र रुकुमा अन्तरजातिय विवाहको पुरस्कार मुत्यु दण्ड दियिन्छ। र तथाकथित भिम उपाध्यायहरु गणतान्त्रिक सत्ताको आडमा खुलिआम सडकमा डुम र राजाको बिषेशनले दलित समुदायलाई गालि गलौज गर्दै उफ्रन्छ।

यि सब प्रतिनीधी घटना हामीले बाँचिरहेको राज्य र समाजको चरित्र अनुरुप घटित घटना हुन। त्यसैले, यी सब परिघटना विभेदकारी सत्ता र यसका अंगको चरित्रको विषय हो। विभेदकारी राज्यव्यवस्थाले हालेको जगमा उभिएको विभेदकारी समाज र यसको चरित्रको विषय हो। अर्थात यो नयां पुस्ताका लागि ऐतिहासिक विवेचनाको विषय हो। प्रधानमन्त्रीको शब्दलाई सापटी लिएर भन्नु पर्दा निर्जीव कोरोनाले महामारीको रुपमा विश्व जगत र नेपाली मानव समाजका हरकोई मान्छे समान हो र छ भन्ने पाठ सिकाएको छ। यो पाठबाट नेपाली समाजका नयां पुस्ता पठित र आन्दोलित हुन यथासिग्र जरुरी छ। मनुवादी वर्णव्यवस्थाका आधार बाट निर्माण भएको शासन सत्ताले नेपालको छुवाछूत विभेद बाट सृजना भएका जटिल समस्या जो मानव द्वारा मानव हत्या गर्न पछि नपर्ने जस्ता हृदय विदारक सामाजिक समस्यालाई नजरअन्दाज गरिरहन्छ। अनि देश-दुनियांलाई देखाउन नाटकिय रुपमा दया थोरै देखाउछ। यि सबै कुराले समाज र देशलाई प्रगति मार्ग प्रसस्त गर्दैन भन्ने कुरालाई आत्मसाथ गर्नु पर्छ।

नयां पुस्ता विशेष गरेर ३० बर्ष मुनिका र ३०-४५ बर्षका यि दुई उमेर समुहले गंभिर भएर सोचौ र मनन गरौ। विशेष गरेर ३०-४५वर्ष उमेर समुहका युवा पुस्ता सहि र गलत के हो? थाहा हुदा हुदै पनि चुप लागेर सत्ताका हरेक कुरा सहदै आत्म समर्पणको बाटो हुदै वाध्य विवश भएर राज्य सत्ताका हरेक अंग जस्तै सरकार, राजनितिक दल, प्रहरी-प्रशासन, न्यायक्षेत्र संग सम्झौता गर्न वाध्य र विवश हुन पगेको छ। यो समुहलाई सुधार्न त धेरै गारो छ तर नेपालका वौद्विक जगतले यिनिहरुको गिरेको मनोबल कमजोर भएको मानसिकता माथि उठाउन आफ्नो बौद्विक वर्गले कलम मार्फत होस या प्रशिक्षण मार्फत होस आफ्नो बैद्विकताको कुशल क्षमता यो समुहमा लगाउन आवश्यक छ। जस्ले गर्दा यो ३०-४५को युवा समुहमा शक्ति र आत्मवल प्रदान गरि विशेष गरेर छुवाछूत विभेद लगाएत समाज भित्रका अनेकन विकृति र विसंगतिमा विरुद्व जिहाद नै छेड्नु पर्दछ। यी आत्म समर्पण र संझौता भन्दा अरु देख्न नसक्ने बनाईको युवाहरुको मानसिकताई माथि उठाउन मलजल गर्नु पर्दछ।

रह्यो कुरा साथै ३०बर्ष मुनिको उमेर समुह जो स्वच्छ गतिशिल कुनै कुरामा सम्झौता गर्न चाहदैन। हरेक समाजिक समस्याको वैज्ञाविक र समय सापेक्ष समाधान चाहन्छ र सत्यको पक्ष र अग्रगमनको पक्षमा उभिन्छ। यिनिहरु को क्षमता र जुझारु पनलाई कायम राख्न अत्यआवस्यक छ। यो नयां पुस्ता पनि वचेन भने समाजमा भैरहेको विभेदी विकृत र विसंगतियुक्त सत्ताले शासन अझै धेरै बर्ष सम्म चलि रहने छ। जसले गर्दा नेपाली समाज ले चाहेको विकास र समृद्विको क्षितित भेटाउन गाह्रो हुनेछ। त्यसैले अव बौद्विक जगत जो सत्यको पक्षमा, न्यायको पक्षमा, समानताको पक्षमा जहिले कलम र आफ्नो आवाजलाई बुलन्द गरिरहन्छ। यो जनशक्ति युद्व स्तरमा लागेर समाजमा। भएको मनुवादी वर्णव्यस्थाको उपज जातिय छुवाछूत विभेद लगाएत यावत अमानविय कुराबाट कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआउला? र भेदभाव रहित नेपाली समाजकले शदियौं देखि बाँचेको कष्टकर जीवनबाट स्वतन्त्र र मुक्तिको सास लिएर कोरोना जस्ता महामारी जस्ता विपदमा सम्पुर्ण नेपाली एकजुट भएर लड्ने सभ्य समाजको निर्माण हुने छ।

-लेखक नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology