हिमानी शाहपनि भारतीय चेली ! सरिता गिरीभन्दा के फरक ?


  • अर्थ पूर्ण
  • आइतवार, जेष्ठ २५, २०७७

काठमाडौं । यति बेला नेपाली राजनीतिक मञ्चमा ‘भारतीय चेली’को चर्चा चुलिदो छ । खासगरी प्रतिनिधिसभाको बैठकमा हिन्दी भाषमा धारणा राखेका कारण सांसदहरु सरिता गिरी र अमृता अग्रहरीको आलोचना भइरहेको छ ।

भारत माइती रहेकी राजपा नेतृ सरिता गिरि नेपाली नागरिकसंग विहे गरेको आधारमा नेपाली नागरिकता लिई सक्रिय राजनीतिमा सहभागि छिन् । मन्त्रीसमेत भइसकेकी गिरी प्रायः विवादमा आइरहन्छिन् । नेपाली र अंग्रेजी भाषमा समेत दख्खल राख्ने गिरी संसदमा प्रायः हिन्दी भाषामा बोल्छिन् । हिन्दी भाषा आफ्नो लागि सहज भाषा भएको उनले बताउने गरेकी छिन् । साथै हिन्दी भाषी नेपालीहरु थोरै संख्यामा रहेपनि उनीहरुको सम्मान हुनुपर्ने गिरीको भनाई छ । सामाजिक सञ्जालमा सरिता गिरीबारे अनेक टिप्पणी भइरहदा आलोचकहरुले पूर्व युवराज्ञी हिमानी शाहपनि ‘भारतीय चेली’ भएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारसविक्रम शाहसंग विवाह गरेर नेपालको युवराज्ञीसम्म बनेकी हिमानी शाहको माइती भारतको राजस्थान नै हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यवंशी राजकुलका राजा विक्रम सिंह र रानी विपुला सिंहकी छोरी हुन् ।

 

हाल हिमानी ट्रस्टबाट समाजसेवा गरिरहेकी हिमानी शाह भारतकै चेली भएपनि नेपालको राजपरिवारसंग सम्बन्ध जोडेका कारण कहिल्यै विवादित भइनन् । सामाजिक सञ्जालमा उनका लाखौं प्रशंसक छन् । तर जसरी सरिता गिरी भारतीय चेली भइन्,उसैगरी हिमानी पनि भारतीय चेली नै हुन् । राजाको छोरासंग बिहे गर्ने र जनताको छोरासंग बिहे गर्नेका बीचमा प्रष्ट विभेद नेपाली समाजले नै गर्दै आएको छ ।

वैज्ञानिक समाजवादका अभियन्ता जागृत रायामाझीले सामाजिक सञ्जालबाट यस प्रसंगलाई स्मरण गराउँदै लेखेका छन् –

बहस बुहारीमा नगरम
बहस बिषयमा गरौं !!
हिमानी शाह र सरिता गिरीलाई
फरक-फरक खालका बुहारी नबनाऔं !
उनिहरु अहिले
नेपालका नागरिक हुन !
बरु भारतको पनि
नागरिकता लिएको भए खोजी गरौं !!

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology