सरकारद्वारा निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति


  • अर्थ पूर्ण

  • Warning: date_format() expects parameter 1 to be DateTimeInterface, bool given in /home/arthapurnacp/public_html/wp-content/plugins/nepali-date-converter/inc/frameworks/nepali-calendar/nepali_calendar.php on line 548

काठमाडौं । सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएको हो।

निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ।

त्यसका लागि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताइएको छ।

मन्त्रालयको नियमित बिफ्रीङमा प्रवक्ता डा जागेश्वर गौतमले पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको जानकारी दिए।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology