रुकुम घटनाको प्रमुख योजनाकार नेकपा नेता !


  • अर्थ पूर्ण
  • सोमवार, असार १, २०७७

काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्षको प्रत्यक्ष संलग्नता भेटिएको भन्दै गृहमन्त्रालयले घटनाको योजनाकार पनि उनी नै रहेको जनाएको छ। वडा अध्यक्ष मल्ल नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् ।

वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिने स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको मन्त्रालयद्धारा आइतबार प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ।

अनुसन्धान अधिकृतहरुको भनाईमा १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ।

लकडाउनका बेला जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर, स्थान भने उल्टो बनाइदिएको र वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको पाइएको छ।

वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology