नक्सासम्बन्धि विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित


  • अर्थ पूर्ण
  • बिहिबार, असार ४, २०७७

काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

आज राष्ट्रिय सभामा भएको छलफलपछि भएको मतदानमा उपस्थित ५७ जनाले नै विधेयकको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय सभाका अहिले कायम भएका ५८ सदस्य मध्ये अध्यक्षले निर्णायक मत दिने मात्र अधिकार रहेकाले मतदान गरेनन् भने अन्य सबै सदस्यले विधयेकको पक्षमा मतदान गरेका थिए ।

विधेयकको विपक्षमा भने कुनै मत परेन ।

यसअघि गत शनिबारको बैठकमा प्रतिनिधि सभामा दुई तिहाई बहुमतभन्दा बढी मतले यो विधेयक पारित भएको थियो ।

अब राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संबिधान संशोधनको प्रक्रिया पुरा हुने संबैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रपतिले आजै प्रमाणीकरण गर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology