चोर बाटोबाट डिनमा नियुक्तिको बिरोध


  • अर्थ पूर्ण
  • बिहिबार, असार ४, २०७७

काठमाडौ । चोर बाटोबाट डिन नियुक्तिको नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले बिरोध गरेका छन् । नेकपा सरकारले स्वास्थय क्षेत्रमा भ्रस्टाचार गर्दै चिकित्सा क्षेत्रमा राजनीति आस्थाका आधारमा अयोग्यको नियुक्ति गरेको विरुद्धमा नेपाली कांग्रेसले कडा आन्दोलनको कार्यक्रम ल्याउन भण्डारीको माग छ । नेबिसंघका पुर्ब कावा केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले बिगतमा डा गोबिन्द केसिसंग अनशनको क्रममा भएको वरिष्ठताको आधारमा डिन लगायतको नियुक्ति सम्झौता बिपरित त्रिविवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) डिनमा प्रधानमन्त्री केपि शर्मा ओलिका निजि चिकित्सक डा. दिव्या सिंह शाहलाई १७औं नम्बरबाटै ठाडै तानेत नियुक्ति गरिएकोमा बिरोध गरेका छन् ।

नेता भण्डारीले राष्ट्रको सर्वोच्च पदकहरुमा वरिष्ठतम ब्यक्तीलाई लत्ताएर आफू र आफ्नो समुहलाई संबैधानिक मर्यादाक्रम बिपरित पदक बितरणमा बिवादित ब्यक्ती डा.दिब्या जुनियर रहेकोले नेपाल विद्यार्थी संघलाई तत्कालै डिन कार्यालयमा तालाबन्दी गरेर निर्णय सच्चाउने आन्दोलन गर्न अनुरोध गरेका छन् । डा.दिब्या त्रिवि शिक्षण अस्पताल मिर्गौला विभाग प्रमुख पनि भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको चिकित्सकभन्दा पनि पावरको आधारमा निर्णय गराउने दिब्य शक्ति नारीको रूपमा मिडियामा समेत बदनाम भएकी भण्डारीको दाबी छ । नेपाली कांग्रेस निकटका प्राद्य्यापकहरुले जेठ २२ मा प्रा. डा. जगदिश अग्रवालले उमेरको हदका कारणले अवकाश पाएदेखि नै उक्त पदमा वरिष्ठताको आधारमा नियुक्ति माग गरेपनि विधि र सहमति लत्ताएर चोर बाटोबाट गरिएको नियुक्ति खारेज गर्न प्रधानमन्त्रीसंग माग गरेका छन् । नेता भण्डारीको दाबी छ की प्रधानमन्त्रीले दलको भर्तीकेन्द्र बनाएको त्रिवि कार्यकारी परिषद्को बुधबार बैठकमा जबर्जस्ति सर्च कमिटीमा ३ जनामध्येमा सिफारिसमा पारिएको डा.शाहलाई उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि दबाब थेग्न नसकेर निर्णय गरिएको सबैलाई छानबिनको दायरा ल्याएर कार्वाही गर्न माग बढेपछि सुरक्षाव्यवस्था निकै कडा पारिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology