एनआरएनएद्वारा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना


  • अर्थ पूर्ण
  • सोमवार, असार ८, २०७७

टेक्सस । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिए । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताए ।

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology