एप्पलको आइओएस १४ लन्च


  • अर्थ पूर्ण
  • मङ्लबार, असार ९, २०७७

काठमाडौँ । टेक जाइन्ट एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएस १४ लन्च गरेको छ ।

हरेक बर्ष आयोजना हुने विश्वव्यापी डेभलपरहौरको कन्फेरेन्समा एप्पलले आइओएस १४ लन्च गरेको हो ।

एप्पलले आइओएस १४ आइफोनका ६ एस मोडलदेखि उपलब्ध हुने जनाएको छ ।

आइओएस १४ मा एप लाइब्रेरी, जसले मोबाइलमा डाउनलोड गरिएका एपलाई व्यवस्थापनको काम गर्छ भने यसले कैयौ पेजमा जानु नपर्ने एप्पलले जनाएको छ ।

साथै नयाँ आइओएसमा आइ म्यासेजलाई पनि परिवर्तन गरिएको छ । समुहमा गरिने च्याटलाई परिवर्तन गरिएको छ । आइ म्यासेजबाट समुहमा गरिने च्याटमा एप्पल अवतार्स, मेमोजी, फेस मास्क जस्ता इमोजी सेयर गर्न सकिने भएको छ ।

साथै एप्पलले डिजिटल कार कीको पनि सुरुवात गरेको छ । शुरुमा बिएमडब्लुको नयाँ २०२१ का ५ सिरिजमा यो सेवा उपलब्ध हुने छ । यस सेवाबाट कार चालकले आइफोन या एप्पल वाचबाट गाडी स्टार्ट गर्न सक्ने बताइएको छ । यो सेवा विस्तृत रुपमा अर्को बर्षसम्म उपलब्ध हुने बताइएको छ ।

साथै नयाँ आइओएसमा ट्रान्सलेसन एप्प समेत रहेको छ । यो एपले टेक्स्ट र अडियोलाई अंग्रेजी, स्पेनिस, फ्रेन्चसहित ११ फरक भाषामा ट्रान्सलेट गर्ने बताइएको छ । साथै यो एपले दुई फरक भाषामा आइफोनमा कुरा गरिहेका बेला रियल टाइममा ट्रान्सलेट गर्न सक्ने एप्पलले बताएको छ । यस एपले अंग्रेजी, मान्दारिन चाइनिज, फ्रेन्च, जर्मन, स्पेनिस, इटालियन, जापनिज, कोरियन, अरबिक, पोर्चुगिज र रसियन भाषालाई ट्रान्सलेट गर्नसक्ने बताइएको छ ।

नयाँ आइओएसमा भिडियो हेरेर अन्य काम गर्न सकिने भएको छ । भिडियो हेरिरहेका बेला फेसटाइम कल गर्न सकिने र भिडियोलाई स्क्रिनको अन्य भागमा सार्न सकिने, आइ म्यासेजमा च्याट गर्न सकिने भएको छ ।

साथै नयाँ आइओएसले इन कमिङ कलले स्क्रिन माथि ओभर ल्याप भएर भन्दा स्क्रिनको ब्यानरको टपमा आउने बनाइएको छ । अहिले फोन आउदा स्क्रिन नै ओभरल्याप भएर आउने गर्दछ तर अब यो टप ब्यानरमा आउने छ ।

साथै नयाँ अपडेटमा एप्पलले प्रयोगकर्ताको प्राइभेसीलाई प्राथमिकता दिदै एप चलाउदा प्रयोगकर्ताको लोकेसन सोध्ने र त्यो बताउने या नबताउने इच्छा प्रयोगकर्ताको हुने छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology