एन्थोनी मार्सियलको ह्याट्रिक, म्यानचेस्टर युनाइटेडको जित


  • अर्थ पूर्ण
  • बिहिबार, असार ११, २०७७

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टरलाई जिताउने क्रममा फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियलले ह्याट्रिक गरेका थिए ।

मार्सियलले खेलको ७औ, ४४औ र ७४औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । मार्सियललाई दुई गोल मार्कोस राशफोर्डले असिष्ट गरेका थिए ।

योजितसँगै महत्वपूर्ण ३ अंक हासिल गरेर म्यानचेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा रहेको छ । ३१ खेलमा ४९ अंक रहेको म्यानचेस्टरले आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने लक्ष्य राखेको छ ।

लिगमा चौथो स्थानमा रहेको चेल्सी एक खेल कम खेल्दै युनाइटेडभन्दा २ अंकले अगाडी रहेको छ भने छैठौ स्थानमा रहेको वोल्भ्सको समान ४९ अंक रहेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology