इंग्लिस प्रिमियर लिगमा लिभरपुल बन्यो च्याम्पियन


  • अर्थ पूर्ण
  • शुक्रबार, असार १२, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको लिभरपुलले उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २(१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो गोल गरेका थिए । कर्नरपछि सुरु भएको काउन्टर अट्याकमा सिटीको डिफेन्सले गल्ति गरेपछि पुलिसिचले आफ्नै हाफबाट बल अगाडी बढाउँदै वन भर्सेस वन स्थितिमा पुगेर गोल गरेका थिए ।

दोस्रो हाफको ५५ औं मिनेटमा केभीन डे ब्रुएनले बराबरी गोल फर्काए । डे ब्रुएनले झन्डै २५ यार्ड टाढाबाट सिधै फ्रिकिकमा गोल गरेका थिए । ५७ औं मिनेटमा सिटीले अग्रता लिने अवसर पाएपनि रहिम स्टर्लिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।

खेलको ७८ औं मिनेटमा चेल्सीले विलियनको गोलमा पुनस् अग्रता लियो । ट्यामी अब्राहमले ६ यार्ड बक्स भित्रबाट गरेको प्रयासलाई फर्नान्डीन्होले गोललाइनबाट क्लियर गरेको देखिएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिएका थिए । भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए । विलियनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यस नतिजासँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झार्यो ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology