महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने


  • अर्थ पूर्ण
  • शुक्रबार, असार १२, २०७७

काठमाडौं। अष्ट्रेलिया र न्युजिल्यान्डले फिफा महिला विश्वकप २०२३ को आयोजना गर्ने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज घोषणा गरेको हो। भिडिओ कन्फेरेन्समार्फत् भएको फिफा काउन्सिल बैठकमा मतदानमा अष्ट्रेलिया र न्युजिल्यान्डले बाजी मारेको हो। मतदानको नतिजा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले घोषणा गरेका थिए।

फिफा काउन्सिलमा ३५ मान्यताप्राप्त मतमध्ये अष्ट्रेलिया र न्युजिल्यान्डले २२ मत प्राप्त गरेका थिए। अर्को प्रतिस्पर्धी राष्ट्र कोलम्बियाले १३ मत पायो। फिफा महिला विश्वकप २०२३ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

महिला विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो। यसअघि २४ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएका थिए। प्रतियोगिता जुलाई र अगष्टमा हुनेछ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology