पिसिआर परीक्षणका लागि थप १० वटा प्रयोगशाला थप्ने स्वास्थ्य मन्त्रालयको निर्णय


  • अर्थ पूर्ण
  • शुक्रबार, असार १२, २०७७

काठमाडौं । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ।

पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै मन्त्रालयले थप वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छ। यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology