नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठक सम्पन्न : १८ सदस्यले राखे आफ्नो धारणा


  • अर्थ पूर्ण
  • शुक्रबार, असार १२, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको दोस्रो दिनको बैठक सकिएको छ ।

आजको बैठकमा सीमा अतिक्रमणका बारेमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकको शुरुमा मन्त्री ज्ञवालीले बैठकमा भारतसँगको सिमा विवाद समाधानको लागि तीन पटक पत्र पठाएको तर भारतले अहिलेसम्म वार्ता तथा छलफलको लागि कुनै चासो नदेखाएको बताएका छन् ।

भारतले कोरोना महामारीलाई कारण बनाउदै वार्ताको लागि चासो नदेखाएको पार्टी बैठकमा बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै मन्त्री ज्ञवालीले अहिले मिडियामा नियोजित रुपमा चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार आएको जानकारी दिदै त्यसको खण्डन गरिएको बताएका थिए ।

नेकपाको आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अन्य काम रहेकाले अनुपस्थित भएको जानकारी आफुहरुले पाएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाको स्थायी समिति बैठक शनिबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाको यो स्थायी कमिटी बैठकका एजेन्डाहरु : 

१. दुवै अध्यक्षको सम्बोधन
२. कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार
३. नेपालको सीमा समस्या र समाधान
४. सरकारको कामको समग्र समीक्षा
५. पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम
६. अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी)
७. विविध कार्यसूची ( विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र  सङ्घीय सांसद्को भत्ता नलिने विषय) ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology