फेसबुकले ल्यायो समाचार सेयर बारे नयाँ नियम


  • अर्थ पूर्ण
  • आइतवार, असार १४, २०७७

काठमाडौँ । अहिले सामाजिक संजालमा फैलिने फेक न्यूजलाई रोक्न अनेकौ उपाय अपनाउन थालिएको छ । सामाजिक संजाल कम्पनिहरुले फेक न्यूज रोक्न र अफवाह फैलिन नदिन नयाँ नयाँ तरिका अपनाउन थालेका छन् ।

यसैबीच विश्वभर समाचारको प्रमुख माध्यम बनेको फेसबुकले आफ्नो कन्टेन्ट पोलिसीमा व्यापक परिवर्तन गरिरहेको छ ।

पछिल्ल्लो पटक फेसबुकले फेसबुकमा रहेका पुराना समाचार सेयर गर्न हतोत्साही गर्ने नियम ल्याएको छ ।

अहिले पुरानो समाचार सेयर हुदा नयाँ समाचार भनेर मानिसहरुले लिंक नै नखोली सेयर गरिदिदा अनेकौं अफवाह चलिरहेको देखिन्छ । यसरी हुने सेयरले फेकन्यूजलाई प्रेरित गर्ने भन्दै फेसबुकले अब ९० दिन भन्दा पुरानो समाचार सेयर गर्नु अघि यसको सूचना प्रयोगकर्तालाई दिने भएको छ । ९० दिनभन्दा पुरानो सूचना सेयर गर्न खोज्दा नयाँ संदेश आउने छ जसमा यो समाचार ९० दिनभन्दा पुरानो हो भन्ने संदेश दिने छ । त्यसमा सेयर गर्ने या क्यान्सिल गर्ने भन्ने अप्सन दिने फेसबुकले जनाएको छ ।

फेसबुक प्रयोगकर्ताले कुनै समाचार कहिले प्रकाशित भएको हो भन्ने जानकारी नहुदा पनि सेयर गर्नेको संख्या अत्यधिक धेरै हुने हुनाले यो कदमले पुरानो समाचार सेयर हुने र फेक न्यूजप्रेरित हुनेक्रम धेरै हदसम्म रोकिने जनाएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology