विश्वभर ५ लाख बढीको मृत्यु


  • अर्थ पूर्ण
  • आइतवार, असार १४, २०७७

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो।

विश्वभर महामारीको रुपमा चिनिएको यस भाइरसबाट आईतबार ९आज० विहानसम्ममा विश्वभरी एक करोड ७२ हजार ५०० मानिसहरु संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख बढी जनाको मृत्यु भएको छ ।

यसैगरी संक्रमितको आधा भन्दा बढी ५४ लाख मानिसहरुले भने कोरोनालाई जित्न सफल भएका छन् । तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४१ लाख मानिसहरु कोरोनाभाइरसको उपचार गराइरहेका छन् । उनीहरुमध्ये ९९ प्रतिशत अर्थात ४० लाख ६२ हजारको अवस्था सामान्य छ भने ५७ हजार ७०० जनाको अवस्था गम्भिर रहेको छ ।

संक्रमण शुरु भएको ६ महिना बितिसक्दा अझैपनि दैनिक डेढ लाख बढी संक्रमित थपिइरहेका छन् भने ४ हजार हाराहारीमा दैनिक मृत्यु भइरहेको छ । कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमितर मृत्यु भएका छन् ।

त्यहाँ हालसम्म २५ लाख ९५ हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । मानवीय क्षति व्यहोर्ने मुलुकको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ जहाँ ५७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी बेलायतमा ४३ हजार ५००, इटलीमा ३४ हजार ७००, फ्रान्समा २९ हजार ७००, स्पेनमा २८ हजार ३००, मेक्सिकोमा २५ हजार ७००, भारतमा १६ हजार १०० र इरानमा १० हजार ३०० बढीको मृत्यु भएको छ ।

हालसम्म कोरोना सम्बिन्धि कुनै पनि औषधि पत्ता लागि नसकेको अवस्थामा भ्याक्सिन बनाउन भने, विश्वभर १२० भन्दा बढी संस्था लागिरहेका छन् । यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाएर जनजीवन सामान्य बनाउनका लागि अनुसन्धानकर्ता वैज्ञानकहरु रातदिन निरन्तर तल्लिन रहेका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology