ऐतिहासिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणका काम जारी


  • अर्थ पूर्ण
  • आइतवार, असार १४, २०७७

काठमाडौँ । कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण र पुनर्निर्माणका काम निरन्तर भइरहेका छन् ।

पुरातत्व विभागको चालू आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा विभागले कोभिड–१९ का कारण पुरातात्विक सम्पदा संरक्षणका केही आयोजना बाहेक अन्यमा निरन्तर काम भइरहेको बताएको छ ।

भूकम्पबाट ३१ जिल्लाका ९२० सम्पदा प्रभावित भएकामा हालसम्म ४१० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएका तथा बाँकी स्थानमा पनि काम भइरहेको विभागका महानिर्देशक दामोदर गौतमले बताए । समितिका सभापति पवित्रा निरौला ९खरेल०को अध्यक्षतामा भएको बैठकमा उनले आगामी आर्थिक वर्षका निम्ति पुनर्निर्माण प्राधिकरणबाट सम्पदा, स्मारकस्थलको पुनर्निर्माण एवं पुनस्र्थापनाका निम्ति रु एक अर्ब बजेट विनियोजन भएको जानकारी दिए । देशभरिका सम्पदा संरक्षणका निम्ति सरकारले रु ३८ करोड छुट्याएको बताए ।

चालू आवका निम्ति प्राधिकरणले रु ९० करोड उपलब्ध गराएको थियो भने राज्यबाट पुरातात्विक सम्पदा संरक्षण आयोजना कार्यान्वयन गर्न रु ३८ करोड प्रदान गरिएको थियो । आगामी आवमा दुई सयभन्दा बढी सम्पदा–स्मारक मर्मत सम्भार एवं पुनर्निर्माण गर्ने योजना विभागले अघिसारेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology