प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन खोजेको भन्ने भनाई प्रति काँग्रेसको अपत्ति


  • अर्थ पूर्ण
  • सोमवार, असार १५, २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई भारतले हटाउन खोजेको भनेपछि नेकपासँग संसदमा रहेको बहुमतको संबैधानिक सार्वभौमिकता छ की छैन प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै भारतले हटाउन खोज्दैछ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी रहेको बताएका छन् ।

प्रवक्ता शर्माले नेकपासँग बहुमतको संबैधानिक सर्भौमिकता छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक नेकपासँग स्वतन्त्र हक सुरक्षित छैन भन्दै प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले भनेका छन् ,भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ

१। प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन?

२। छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology