एक्स-रे गराउँदा पुरै शरीर नाङ्गो बनाउदा रहेछन् है !


  • अर्थ पूर्ण
  • सोमवार, असार १५, २०७७

दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले नाङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

युवतीले आफन्तलाई एक्स-रे गराउँदा पुरै शरीर नाङ्गो बनाउदा रहेछन् है भनेपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology