थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन साउन ७ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहनेगरि साउन ७ गतेसम्म जारी राखिएको छ भने हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात नचल्ने बताइएको छ ।

गत चैत ११ देखि देशमा जारी लकडाउनलाई जनस्तरबाट तीव्र विरोध र असन्तुष्टि भएपछि सरकारले असार १ देखि खुकुलो बनाएको थियो । त्यसयता अधिकांश पसल खुलेका छन् भने निजी सवारी पनि जोर विजोर प्रणालीमा चलिरहेका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology