भारतमा कोरोनाका कारण १६८९३ को मृत्यु


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४१८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १६ हजार ८९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ५२२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५० हजार नाघेको छ । भारतमा कुल संक्रमित ५ लाख ६६ हजार ८४० पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ३४ हजार ८२२ जना ठिक भएका छन् भने २ लाख १५ हजार १२५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४ लाख ९ हजार ५१८ पुगेको छ भने मृतकको संख्या ५ लाख ८ हजार ९१ पुगेको छ ।

त्यस्तै विश्वभर ५६ लाख ६४ हजार ५६९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology