अमेरिकामा मृतकको संख्या घट्दै


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौँ । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी घटेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३३५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख २८ हजार ७७२ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४४ हजार २८९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २६ लाख ८१ हजार ३१२ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ११ लाख ४ हजार ६७९ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ८४० जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३१ हजार नाघेको छ ।

न्युयोर्कमा ३१ हजार ४९६ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १७ हजार ३२८ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा १५ हजार १२३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७६ हजार ३९९ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ८ हजार ९५ जनाको ज्यान गएको छ ।

इलिनियोइसमा ७ हजार १०३, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ६७२, मिचिगनमा ६ हजार १६१, क्यालिफोर्नियामा ५ हजार ९७५, कोनेक्टीकटमा ४ हजार ३२०, फ्लोरिडामा ३ हजार ४४७, लुसियानामा ३ हजार २०६ जना, मेरिल्याण्डमा ३ हजार १७५, ओहियो २ हजार ८५०,

जर्जियामा २ हजार ७८४, इन्डियानामा २ हजार ६२४ र टेक्सासमा २ हजार ४३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology