बैठक बस्नु अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ।

पार्टीको स्थायी कमिटीको बैठक शुरू हुनुअघि प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्टपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराजअधिकारीले जानकारी दिए।

नेकपाको जारी स्थायी कमिटी बैठकमा नेपाल भारत सीमा समस्याको बिषयमा छलफल चलिरहेको छ। तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको बैठक छलिरहेका छन्। प्रधानमन्त्री ओलीले नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाइ पदबाट हटाउने रणनीति भइरहेको अभिव्यक्ति दिएका थिए।

तर, बैठकमा नेताहरूले सिमा समस्या समाधानका लागि तत्काल भारतसँग वार्ता बस्नुपर्ने माग गरिरहेका छन्।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology