संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

१६ असार, काठमाडौं । संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दे नासुहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न मन्त्रालयका कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । अर्थमन्त्रालयमा कार्यरत नायब सुब्बा हिमाल आचार्यले ऐनले नासुहरुलाई विभेद गरेको बताउनुभयो । निजामति सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो ।

गृ हमन्त्रालय नासु लक्षमण गुरागाईंले वृति विकासको ढोका बन्द गर्नेगरी मन्त्रीको सहमतिका बावजुद पारित भएको ऐनको विरुद्धमा आन्दोलन गर्नुपरेको बताउनुभयो । सरकारले आफ्ना मागहरु पुरा नगरे आन्दोलन थप चर्किने उहाँले बताउनुभयो ।

तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रसतशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरको छ । कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology