खुलेको पहिलो ४५ मिनेटमा नै नेप्से ४० अंकले बढ्यो


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमााडौ । आज मंगलबार कारोवार खुलेको पहिलो ४५ मिनेटमा नै नेप्से ४० अंकले बढेर १२ सय २९ दसमलव २७ अंकमा पुगेको छ ।

अघिल्लो दिन कारोवार खुलेको पहिलो ४० मिनेटमा ४० अंकले ओरालो लागेको नेप्से आज भने सुरुवाती समय देखि नै बढिरहेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि यो समाचार तयार पार्दाको अवस्थासम्म आठ दसमलव २३ अंकले बढेर दुई सय ६४ दसमलव ५२ अंकमा पुगेको छ ।

यस अवधिमा एक सय १२ कम्पनीहरुको १५ सय १९ वटा कारोवारमा दुई लाख २७ हजार ४४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ११ करोड ६६ लाख चार हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

यो अवधिमा १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष र होटल बाहेक सबै समुहको सुचक उच्च अंकले बढेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology