मंगलबार सुनको मुल्य घट्यो


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौँ । मंगलबार सुनको मुल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनमा प्रतितोला एक सयले घटेको छ । महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार भने तोलामा ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ७६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology