काठमाडौंमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल अस्पतालमा ४५ दिनको एक शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ।

उनको घाँटीको अप्रेशन गर्नुअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न गएराति पिसिआर परीक्षण गरिएको थियो।

ती शिशुको मंगलबार कोरोना पुष्टि भएको अस्पतालका डा सन्त कुमार दासले बताए । डा दासका अनुसार ती शिशु म्याग्दीका हुन्।

उनको इमरजेन्सी अपरेशन गर्नुपर्ने भएकाले पिसिआर रिपोर्ट नकुरेको डा दासले बताए। ती शिशुको अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology