देशभर पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला ९ र ५१ जना पुरुष छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लाका एक पुरुष, आइसोलेसन सेन्टर पिपरा कोहलपुर बाँकेबाट एक पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५ पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पताल विराटनगरबाट झापाका चार महिला र दुई पुरुष, मोरङका ३ महिला २ दुई पुरुष, पाँचथरका एक महिला, सुनसरीका एक महिला र एक पुरुष र विपी कोइराला स्वास्थ्य विज्ञान धरानबाट मोरङबाट८ पुरुष संक्रमणमुक्त भएका छन्।

देशभरबाट हालसम्म तीन हजार १सय ९४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २७७ र २ हजार ९सय १७ जना पुरुष रहेका छन्।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology