आज मंगलबार नेप्सेले छलाङ मार्यो


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौ । नेप्सेले आज छलाङ मारेको छ । अघिल्लो दिन उच्च अंकले घटेर नेगेटिभ सर्किट ब्रेक लागेको नेप्से आज मंगलबार भने सुरुवाती समय देखि नै उच्च अंकले बढेको छ ।

बजारलाई नियन्त्रणमा राख्नको लागि आज दुई पटक सर्किट ब्रेक लागेको भएपनि अन्तिम समयमा पुग्दा नेप्से ७२ दसमलव पाँच अंकले बढेर १२ सय ६० दसमलव ७५ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव ६३ अंकले बढेर दुई सय ७१ दसमलव ९२ अंकमा सिमित हुन पुगेको छ ।

एक सय ३४ कम्पनीहरुको दुई हजार नौ सय १९ वटा कारोवारमा आज चार लाख ८९ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड ७२ लाख १२ हजार एक सय ९४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र सामुुहिक लगानी कोष समुहको सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ७३ दसमलव ७२ अंकले बढेर एक हजार ९० अंकमा पुग्दा बिकास बैंक समुहको सुचक ६५ दसमलव ६६ अंकले बढेर १६ सय ९० दसमलव ३३ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि ३९ दसमलव ७७ अंकले बढेर नौ सय २६ दसमलव १० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ९६ दसमलव १५ अंकले बढेर पाँच हजार तीन सय ३६ दसमलव ९४ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि क्रमश ६५ दसमलव ७३, एक सय २२ दसमलव ७७, २३ दसमलव ९७ र ७७ दसमलव सात अंकले बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर २२ सय ७७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९४ पैसाले घटेर तीन सय ४४ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १४ सय ५७ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ६४ लाख ३८ हजार ६० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology