ओलीले बोलाए आकस्मिक रुपमा मन्त्रीपरिषद् बैंठक, लगाउलान त संकटकाल ?


  • अर्थ पूर्ण
  • बिहिबार, असार १८, २०७७

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादले समस्यामा परेका प्रधानमन्त्री ओलीलाई के गरौं र कसो गरौं भैरहेको जानकारहरु बताउँछन् । पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले आफूनिकटकालाई फकाउने रणनीति तय गरेका छन् । सोही अनुसार ओलीले छलफल र भेटघाट तीव्र पारेका छन् । यसैबीच पार्टीभित्र राजीनामाका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

‘अहिले तत्काल बैठक बस्ने भनी खबर आएको छ। स्थायी समिति बैठकसँगै समय जुधेको छ, सायद धेरै लामो नहोला,’ एक मन्त्रीले भने। प्रधानमन्त्री ओलीले संकटकाल लगाउने संभावना पनि रहेको कतिपयले अनुमान गरेका छन् । यस अनुमान अनुसार ओलीले आकस्मिक रुपमा बोलाएएको क्याविनेट बैंठकलाई अर्थरुपमा हेरिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology