देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली , राजीनामा देलान कि संकटकाल लगाउलान ?


  • अर्थ पूर्ण
  • बिहिबार, असार १८, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा संवोधन गर्ने भएका छन् ।
पार्टीमा अफ्टेरोमा परेका ओलीको नेकपाकै नेताहरुले राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधनलाई महत्वका साथ हेरिएको छ ।
दुईतिहाई बहुमतले प्रधानमन्त्रीमा निर्वाचित ओली आफ्नै कारणले समस्यामा परेपछि अहिले उनलाई संकट टार्न सकस परिरहेको छ । प्रधानमन्त्री ओलीले बिहीवारै मन्त्रीपरिषद्को आकस्मिक बैंठक बोलाएका छन् । आजै नेकपाको स्थायी समितिको बैंठक पनि छ । त्यसै क्रम्मा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने न्यूज एजेन्सीले समाचार लेखेको छ । कुनै स्रोत उल्लेख नगरीकनै उसले प्रधानमन्त्री ओलीले देशबासीका नाममा संवोधन गर्ने संभावना रहेको उल्लेख गरेको हो । यद्यपी कति बजे सम्बोधन गर्ने भन्ने बिषयमा विस्तृतमा खुलाइएको छैन् ।

प्रधानमन्त्री ओलीले देशबासीका नाममा गर्ने सम्बोधनमा के भन्ने हुन् ? वा सम्बोधन मार्फत पदबाट राजीनामा देलान वा संकटकाल लगाइएको घोषणा गर्लान ? प्रतिक्षाकै बिषय छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology