ओलीले चाले चलाखीपूर्ण कदम, समय नहुँदै संसद अधिवेशन अन्त्य हुँदै


  • अर्थ पूर्ण
  • बिहिबार, असार १८, २०७७

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीमा राजीनामा दिन दवाव आएपछि प्रधानमन्त्री ओेलीले विभिन्न रणनीति बुनिरहेको विश्लेषण भैरहेकै बेला सरकारले संसद अधिवेशन अन्त्यका लागि रिसारिस गरेको हो । संसद बैंठक नै नबसेपछि प्रधानमन्त्री ओलीका लागि राजीनामा दिन र उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि बाटो बन्द हुने छ ।

संसद नै नभएपछि ओलीले कहां राजीनामा दिने ? कहां उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गने ? प्रश्न जटिल बनेको विश्लेषण हुन थालेको छ ।
सरकारको रिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन आव्हान गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद अधिवेशन अन्त्य गर्न रिफारिश गरिनुलाई प्रधानमन्त्री ओलीको चलाखीको रुपमा हेरिएको छ । किनकी अझै अधिवेशन अन्त्य गर्ने समय नभइसकेको बताईको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology