ओली-प्रचण्डबीच बालुवाटारमा छलफल


  • अर्थ पूर्ण
  • बुधबार, असार २४, २०७७

काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच अहिले वार्ता हुँदैछ ।

राजधानीमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्डबीच चार दिनदेखि लगातार वार्ता भइरहेको छ ।

आइतवार, सोमवार र मंगलवार भएका वार्ता सकारात्मक रहेको र विषयकेन्द्रित छलफल भइरहेको नेताका सहयोगीहरूले जनाएका छन् ।

ओली-प्रचण्डबीच मंगलवार, सोमवार र आइतवार पनि छलफल भएको थियो ।

ओली–प्रचण्ड वार्ता हुने भएपछि बुधवार बिहानका लागि बोलाइएको स्थायी कमिटी बैठक शुक्रवारसम्मका लागि सारिएको छ ।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology