दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह (भिडियोसहित)


  • अर्थ पूर्ण
  • बुधबार, असार ३१, २०७७

काठमाडौं । महानायक राजेश हमालले एक भिडियो संदेश जारी गर्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन् ।
गएराती एक भिडियो जारी गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।

आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसम्मानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।

दीपाश्रीले एक टेलिभिजन अन्तर्वार्तामा हमाल महानायक भएको बारे प्रश्न उठाएकी थिइन् । सो अन्तर्वार्तापछि अहिले सामाजिक संजाल र मिडियामा महानायक बारे विवाद बहस चलिरहेको छ । राजेश हमालका फ्यानले दिपाश्रीलाई गाली गरिरहेका छन् ।

दीपाश्रीले यस प्रकरणमा आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology