जुलाई २० देखि विश्वकप सुपर लिग हुदै


  • अर्थ पूर्ण
  • सोमवार, साउन १२, २०७७

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० ले पुरुष विश्व कप छनौटका लागि क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ ।सोमबार आइसीसीले आइसीसी पुरुष विश्वकप सुपर लिगको घोषणा गर्दै यो लिग जुलाई ३० बाटै शरू हुने बताएको छ ।

लिगको पहिलो खेल इङल्याण्ड र आयरल्याण्डबीच हुने भएको छ ।

यस लिगका टप सात टिमले २०२३ मा भारतमा हुने विश्वकपमा प्रवेश पाउने छन् ।

यस लिगका आइसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले भाग लिने छन । नेदरल्यान्ड्सले सन २०१५(१७ को सुपर लिग जितेपछि विश्वकप सुपर लिगलाई छनौट भएको आइसीसीले जनाएको छ ।

१३ टिमले ४ खेल घरेलु र ४ खेल अवे तीन खेलका सिरिज खेल्ने भएका छन् ।

आइसीसीको निर्णय अनुसार आसिसीका १२ पूर्ण सदस्य इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, भारत, न्युजील्याण्ड, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, जिम्बाबे, बंगलादेश, आयरल्याण्ड र अफगानिस्तान रहेका छन् ।

आइसीसीले सुपर लिगको अन्य तालिका सदस्य बोर्डहरुसँगको छलफलपछि सार्बजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology