अमेरिकी भाइरल रोग विशेषज्ञ डा. फाउची भन्छन् – कोरोना रोक्न यी ५ कुरामा ध्यान दिनु आवश्यक


  • अर्थ पूर्ण
  • बिहिबार, साउन १५, २०७७

काठमाडौँ । अमेरिकी भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले विश्वबाटै कोरोनाबाट रोक्न ५ वटा महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार एमएसएनबिसीसँग कुरा गर्दै डा। फाउचीले विश्व यी ५ सिद्धान्तलाई मानेर अगाडी बढेमा मात्र कोरोना रोक्न सकिने बताएका छन् ।

उनले अगाडी सारेका पाँच सिद्धान्तमा पहिलो विश्वव्यापी रुपमा मास्क लगाउने अभियान चलाउने रहेको छ । त्यस्तै दोस्रो भिडभाडमा जादै नजाने रहेको छ । त्यस्तै तेस्रोमा कम्तिमा ६ फिटको सामाजिक दुरी कायम गर्ने रहेको छ ।

त्यस्तै डा। फाउचीले भनेको चौथो उपाय हात सफा गरिरहने रहेको छ भने पाँचौ उपाय बार रेस्टुरेन्टमा नजाने र सम्भव भएसम्मका बारहरु बन्द गर्ने रहेका छन् ।

अमेरिकाको कोरोना भाइरस टास्क फोर्सको सदस्य समेत रहेका फाउचीले विज्ञहरुले दिएको सल्लाह नमानेका कारण पनि अमेरिका जस्तै विश्वका कैयौं देशमा कोरोना भाइरसले महामारीको रुप लिएको बताएका छन् । सरकारहरुले जारी गरेकै सूचना कोरोना फैलाउने खालका रहेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

डा। फाउचीले बिबिसीसँगको कुराकानीमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरुले अप्रमाणित कुराहरु सामाजिक संजालमा सेयर गरेको प्रति चिन्ता व्यक्त गरेका छन् । हालै ट्रम्पका छोराले कोरोना बारेको यस्तै अप्रमाणित सूचना भएको भिडियो सेयर गर्दा ट्वीटरले उनको एकाउन्ट नै १२ घण्टाका लागि सस्पेन्ड गरेको थियो ।

सन १९८४ देखि अमेरिकी राष्ट्रिय इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्टिअस डिजिजको निर्देशक रहेका फाउचीले विश्व भरनै मास्क लगाउने अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology