भारतमा एकै दिन ५२ हजार संक्रमित


  • अर्थ पूर्ण
  • बिहिबार, साउन १५, २०७७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७७५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार १२३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख नाघेको छ । भारतमा कुल संक्रमित १५ लाख ८३ हजार ७९२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १० लाख २० हजार ५८२ जना ठिक भएका छन् भने ५ लाख २८ हजार २४२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ८१ लाख ९० हजार ३८२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ४६ हजार ६४२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology