नेप्सेमा सात अंकले सुधार


  • अर्थ पूर्ण
  • बिहिबार, साउन १५, २०७७

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज सात दसमलव ५३ अंकले बढेर १४ सय ३९ दसमलव सात बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ४६ अंकले बढेर तीन सय दसमलव पाँच बिन्दुमा चढेको छ ।

एक सय ८९ कम्पनीहरुको २१ हजार आठ सय १८ वटा कारोवारमा ३४ लाख ३० हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोवार रकम एक अर्ब ३२ करोड दुई लाख ६६ हजार छ सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव तीन अंकले बढेर १२ सय ३८ दसमलव ५३ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि शुन्य दसमलव ९२ अंकले बढेर १८ सय सात दसमलव तीन बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि सात दसमलव ४२ अंकले बढेर नौ सय ६८ दसमलव ९० बिन्दुुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ५० दसमलव ४६ अंकले बढेर छ हजार पाँच सय ७६ दसमलव ५९ बिन्दुुमा चढेको छ ।

लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर ५५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घोडाघोडी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८५ पैसाले घटेर आठ सय २४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ९९ रुपैयाँ अन्तिम मुल्यमा २२ करोड ९१ लाख ५५ हजार ६३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology