भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार संक्रमित


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७७९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३५ हजार ७४७ पुगेको छ ।

भारतमा कोरोनाबाट इटालीमा भन्दा धेरैको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म ३५ हजार १३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ७९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ लाख नाघेको छ । भारतमा कुल संक्रमित १६ लाख ३८ हजार ८७१ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १० लाख ५७ हजार ८०६ जना ठिक भएका छन् भने ५ लाख ४५ हजार ३१८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ८८ लाख ३२ हजार ९७० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६ लाख ४२ हजार ५८८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology