सुन तोलाको ९९ हजार ३ सय पुग्यो


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौँ । शुक्रबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्यमा भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय पुगेको छ ।

यस अघि विहिबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य भने घटेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ ।

विहिबार चाँदी १२२५ मा कारोबार भएकोमा शुक्रबार प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology