साताको सेयर कारोवार : आठ अर्ब दुई करोडको किनबेच


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौं । यो साता नेप्से १४ सय ३९ दसमलव छ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय दसमलव ९५ अंकमा पुगेको छ । नेप्सेमा यो साता एक सय ७५ कम्पनीहरुको एक लाख २९ हजार एक सय ७८ वटा कारोवारमा एक करोड ९२ लाख ७५ हजार ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार सात सय ४४ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत सात भने नेप्सेमा एक सय ७३ कम्पनीहरुको एक लाख २८ हजार तीन सय २६ वटा कारोवारमा एक करोड ९१ लाख ३७ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ५९ करोड ६६ लाख ६७ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ । यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र पाँचौं दिन नेप्से बढेपनि तेस्रो दोस्रो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो ।

दैनिक सेयर कारोवारको बिश्लेषण गर्दा साताको पहिलो दिन नेप्से २२ दसमलव चार अंकले बढेर १४ सय ६५ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५९ अंकले बढेर लागेर तीन सय सात दसमलव ५३ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से दुई दसमलव ६२ अंकले घटेर १४ सय ६२ दसमलव ४८ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव २२ अंकले घटेर तीन सय सात दसमलव ३१ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से सात दसमलव ५९ अंकले घटेर १४ सय ५४ दसमलव ८९ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ६४ अंकले घटेर तीन सय पाँच दसमलव ६७ अंकमा पुगेको थियो ।

यसैगरी चौंथो दिन पनि नेप्से २३ दसमलव ३६ अंकले घटेर १४ सय ३१ दसमलव ५२ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दसमलव १८ अंकले घटेर तीन सय दसमलव ४९ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन भने नेप्से सात दसमलव ५३ अंकले बढेर १४ सय ३९ दसमलव छ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ४६ अंकले बढेर तीन सय दसमलव ९५ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् भने सेयर कारोवार भएको छ संख्यामा आधारमा एनएमबी बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

यो साता मेगा बैंक, आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था, महुली लघुबित्त बित्तीय संस्था लगायतका संस्थाहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology