खेलकूदमन्त्रीद्वारा राखेप बोर्डमा छ जना मनोनीत


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को बोर्डमा छ सदस्य मनोनीत गरेका छन् । । राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी छ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेको मन्त्रालयद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ । मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहेका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मनोनयन गरेका ुहन् । निरौला यसअघि पनि राखेप सदस्य थिए ।

उनले राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका हुन् । मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरेका हुन् । मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । उनिहरुले बुधबार पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology