सरकार अब त अति भो !


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले कोरोना रोकथाममा सरकारको काम बारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसद थापाले सामाजिक संजालमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको बताउदै कोरोना भुसको आगो जस्तो फैलिएको तर सरकारले न परीक्षण बढाउछ न अस्पताल केन्द्रित तयारी गर्छ भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सरकार अब अति भो भनौं भन्दै अपिल गरेका छन् ।

उनले भनेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त १ स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त १ भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology