तीजमा प्रिती आलेको धमाकाः नाच्ने हो गाउने हो डिस्टर्व नगर ! (भिडियो)


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

गायिका प्रिती आले मगरको स्वरमा तीजको नयाँ गीत रिलिज भएको छ । ‘हामी नाच्ने हो, गाउने हो डिस्टर्व नगर’ बोलको गीत युट्युवमा रिलिज गरिएको छ ।

सार्वजनिक गीतमा शब्द संगीत राजबहादुर सानेको छ । किम्भे प्रोडक्सनको तर्फबाट भिडियो निर्माण भएको हो । युयुष ढकालले छायाँकन गरेको भिडियोमा सम्पादन तारा थापा ‘किम्भे’को छ ।

कृष्ण परियारले निर्देशन गरेको भिडियोमा प्रितीसँगै रिया श्रेष्ठ, सविता आले, काशिस ढकाल, कमला नेपाली, बिमला गुरुङ, दीपकजंग शाही, ज्याक गुरुङ, दीपक लामा, कुमार केसी, वसन्त बस्नेत, शिशिर राणा फिचर्ड छन् । सह- निर्मातामा प्रकाश हमाल छन् भने निर्माणमा सुर्यल थापा छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology