मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६३९ जनाको कोरोनाबाट मृत्यु


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौँ । मेक्सिकोमा पनि कोरोना महामारीले विकराल रुप लिएको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६३९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार पुगेको छ ।

योसँगै मेक्सिको कोरोना संक्रमणबाट धेरै मृत्यु हुनेको सुचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । अमेरिकामा अहिलेसम्म एक लकः ५५ हजार २८५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ९१ हजार ३७७ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिको पछि बेलायतमा ४५ हजार ९९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मेक्सिकोमा ७ हजार ७३० जना संक्रमित भएका छन् । योसँगै मेक्सिकोमा संक्रमित हुनेको संख्या ४ लाख १६ हजार १७९ पुगेको छ ।

त्यसैगरी मेक्सिकोमा अहिलेसम्म २ लाख ७२ हजार १८७ जना संक्रमित ठिक भएका छन् ।अहिले मेक्सिकोमा ९७ हजार ९९२ संक्रिय कोरोना संक्रमित रहेका छन् भने ३ हजार ९२२ जनाको आइसीयुमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology